काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले ४ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बिमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एसेसरिज पाउन सक्ने कम्पनीले जनाएकाे छ ।
कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप २ लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यसमा केही शर्तहरू लाग्ने कम्पनीले जनाएको छ।
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
१) शुन्य रनिङ्ग खर्च स् स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पीएमएस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नु पर्ने छैन । कम्पनीको मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केही शुल्क नलाग्ने व्यवस्था छ ।
२ )फ्री अटो विमा र एसेसरिज स् यो योजनामा थप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेन्युइन एसेसरिजहरु पनि निः शुल्क पाइने छ ।
३) थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस स् विक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी उपलब्ध हुनेछ ।
४)उच्च रिसेल भ्यालु स् स्विफ्ट बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो । थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्दा फाइदा हुनेछ ।
विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बिचको बढ्दो बहसमा यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित भएको कम्पनीको भनाइ छ । यसबाट ग्राहकहरूले फाइदाजनक र झन्झटरहित तवरले शून्य रनिङ खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्ने कम्पनीले अपेक्षा गरेको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडलका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो । नयाँ एपिक स्विफ्टसँगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरू जिम्नी, फ्रङ्क्स, ग्रान्ड भिटारा र नया ब्रेजा डिस्प्लेमा भएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्