वर्षमान पुनले भने: विद्युत व्यापारको पहिलो सम्भावना भारत नै हो


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत व्यापारको पहिलो सम्भावना भारत रहेको बताएका छन् ।

मंगलवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरूसँगको छलफलका क्रममा उनले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताएका हुन्। उनले बंगलादेशमा विद्युत निर्यातका लागि अबको भूराजनीतिक अवस्थाले पनि प्रभाव पार्ने बताए ।

उनले वर्तमान सरकारले भारतलाई हेर्ने दृष्टिकोणका आधारमा नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने बताए । विगतको बंगलादेशको सरकार र भारतको सम्बन्ध राम्रो रहेको तर अहिलेको सरकारले भारतसँग कस्तो सम्बन्ध राख्छ भन्नेकुराले ट्रान्समिसन लाइनका लागि बाटो दिने वा नदिने भन्ने बारेमा महत्व राख्ने बताए ।

उपमहासचिव पुनले विद्युत विधेयकमा प्रतिपक्ष र सत्तापक्ष भन्ने भन्दा पनि आवश्यक मागहरु सम्बोधन गर्नेकगरी काम गर्नुपर्ने बताए ।