फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल नियुक्त


काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् ।

संस्थाको भदौ ११ बसेको सञ्चालक समितिको २२२ औँ निर्णयबाट अर्याललाई अध्यक्षमा नियुक्त गरिएको हो ।

कम्पनीको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकले प्रतिनिधित्व गर्ने सुरेन्द्र राज रेग्मीको सट्टामा अर्याललाई प्रतिनिधिको रुपमा पठाइएको थियो । बैंठकले अर्याललाई बाँकी अवधिका लागि सञ्चालक नियुक्त गरेको जनाएको छ ।