पहिलो दिनमै १०० भन्दाबढी ‘टाटा पन्च इभी’ बुकिङ, प्रारम्भिक उत्साहले ततायो बजार


काठमाडौँ । हिजो (मंगलबार) देखि सुरू भएको ‘नाडा अटो शो २०२४’ मा सार्वजनिक भएको टाटा पन्च इभीको नेपालमा उत्साहजनक सुरुवात भएको छ। बिक्री सुरू गरेको पहिलो दिनमै नेपालभरी १०० भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ।

भारतमा तहल्का मच्चाएसँगै नेपालमा बहुप्रतिक्षित बनेको पन्च इभी नेपाली बजारमा सार्वजनिक भएको हाे। नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक रहेको सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभी सार्वजनिक गरेको हो ।

३३ लाख ९९ हजार रूपैयाँ सुरूवाती मूल्यमा यो गाडी सार्वजनिक गरिएको छ। यो मूल्य नाडा शो सम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीको भनाइ छ। त्यसैगरि पन्च इभी तीन वटा भेरिएन्टमा नेपाली बजारमा प्रवेश गरेको हो।

जसमा पन्च इभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च इभी इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार र पन्च इभी इम्पावर्ड प्लस एसएलआरको ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीको नेपालका विभिन्न स्थानमा अनरोड र अफरोडमा गरेको परिक्षणले एक पटकको चार्जमा ३०० किलोमिटरको रेन्ज दिने वास्तविक नतिजा नेकालेको थियो ।

पन्च इभीमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प(ओभर एंगल्सलगायतका विशेषताहरू रहेका कम्पनीले जनाएको छ । यसका साथै यस गाडीमा ३५ किलोवाटको ब्याट्री छ भने कम्फर्टका लागि एयर प्युरिफाई, भेन्टिलेटेड सिट, भ्वाइस एसिस्टेन्ट इलेक्ट्रिक सनरुफ, रेन सेन्सिङ वाइपर्स राखिएको कम्पनीको भनाइ छ ।

साथै, नाडामा गाडी बुकिङ गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङ पनि पाउने कम्पनीले जनाएकाे छ।