नाडा अटो शोमा टाटा: पन्च इभीको प्रभावशाली प्रस्तुतिकरण


काठमाडौँ । गत मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो शो २०२४’ विगतका मेलाहरू भन्दा फरक दृश्य देखिन्छ । यसका मुख्यतया दुई कारण छन् । पहिलो कारण यसपटककाे अटाे शाे मा टू ह्वीलर्स र फोर ह्वीलर्सको बेग्लाबेग्लै पेभेलीयन छ ।

अवलाेकनकर्ता रूची अनुिसारकाे पेभेलीयनमा जान होस्रो कारण नयाँ नयाँ चिनियाँसहित अन्य विद्युतीय र हाइब्रीड सवारीको रजगज छ। ग्राहक तान्ने हाेडबाजी गिफ्ट र उपहार दिने भन्दा कम मूल्यमा ग्राहकलाई सवारी दिने र ब्राण्डसँग जाेडीराख्न वार्षिक याेजनाका प्याकेज दिने रणनीतिबाट अघि बढेका छन्।

याे ‘प्राइस वार’ फोर ह्वीलर्स सँगै टू ह्वीलर्समा समेत उत्तिकै देखिएकाे छ । नाडा अटाे शाे मा नयाँ ब्राण्ड सँगै दशकाै अघिदेखिका स्थापित ब्राण्डमा ग्राहकहरूको भिडभाड उत्तिकै रहेको पाइएको छ। यसका लागि टाटा, सुजकी, हिराे, बजाज हुन्डाइ लगायताका स्टल पुगे पुग्छ ।

अटाेमाेबाइल क्षेत्रकाे कुम्भ मेलामा फोर ह्वीलर्स पेभेलियनकाे प्रवेशद्वारबाट छिर्ने वित्तिकै दाँयापट्टी हुन्डाइ र टाटा मोटर्सको स्टलले आगन्तुकहरूको ध्यान खिचिरहेको छ। हरेका वर्षजस्ताे नयाँ उत्पादन बजारमा ल्याउने सिप्रदी ट्रेडिङ प्रालिले भारतमा तहल्का मच्चाएसँगै नेपालमा बहुप्रतिक्षित बनेको पन्च इभी नेपाली बजारमा उप-प्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलकाे हातबाट सार्वजनिक भयाे । पन्च इभीले अवलाेकनकर्ताकाे ध्यान मात्र, तानेन सार्वजनिक भएको पहिलो दिनमै उक्त गाडीको बुकिङ उत्साहजनक सुरुवात भएको छ। प्याेर इभी आर्कीटेक पन्च पहिलो दिनमै नेपालभरी १०० भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ ।

३३ लाख ९९ हजार रूपैयाँ सुरूवाती मूल्यमा यो गाडी सार्वजनिक गरिएको छ। सिप्रदीले पन्च इभी तीन वटा भेरिएन्टमा नेपाली बजारमा प्रवेश गराएकाे हाे।

जसमा पन्च इभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च इभी इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार र पन्च इभी इम्पावर्ड प्लस एसएलआरको ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीले नेपालका विभिन्न स्थानका अनरोड र अफरोडमा गरेको परिक्षणले एक पटकको चार्जमा ३०० किलोमिटरको रेन्ज दिने वास्तविक नतिजा निकालेको थियो ।

पन्च इभीमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प९ओभर एंगल्सलगायतका विशेषताहरू रहेका कम्पनीले जनाएको छ । यसका साथै यस गाडीमा ३५ किलोवाटको ब्याट्री छ भने कम्फर्टका लागि एयर प्युरिफाई, भेन्टिलेटेड सिट, भ्वाइस एसिस्टेन्ट इलेक्ट्रिक सनरुफ, रेन सेन्सिङ वाइपर्स राखिएको कम्पनीको भनाइ छ । साथै, नाडामा गाडी बुकिङ गर्ने ग्राहकहरूले एक वर्षसम्म सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङ सुविधा पाउने कम्पनीले जनाएको छ।

त्यस्तै गत साल ‘नाडा अटो २०२३’ मा सार्वजनिक भएको टाटा टियागो इभीलाई समेत प्रर्दशनीमा राखिएको छ । अघिल्लो पटक मेलामा सार्वजनिक गरिएको टियागोको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ ताेकेकाे थियाे । सिप्रदीले टाटाका अन्य मोडलहरू जस्तै नेक्सन, अल्ट्रोज, टियागो, एचफाइभ, र सफारीका डिजेल र पेट्रोल भर्सनहरू पनि बिक्री गर्दै आएको छ।