नाडा अटो शोमा स्काइवेल: ६२० किमी सम्मको रेन्ज र छुटले ग्राहक तान्दै


काठमाडौँ । गत वर्षको नाडा अटो शो २०२३ मा बिना सवारी साधन स्टल राखेर आम ग्राहको मन जित्न सफल चिनियाँ प्रिमियम विद्युतीय सवारी उत्पादन ब्रान्ड स्काइवेल ‘अटो शो २०२४’को लागि विशेष र नयाँ ब्राण्ड हो । गत वर्ष नाडा अटो शोमै सार्वजनिक भएको ब्रान्ड हो स्काइवेल । नेपालमा सबैभन्दा लामो रेन्ज दिने प्रिमियम ईभी स्काइवेल नेपाल ल्याएको जी मोटर्सले नाडा अटो शोमा थप दुई नयाँ गाडी सार्वजनिक गर्‍यो।

जी मोटर्सले सुरूमा स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी ईटी फाइभ गत बैशाखमा नेपालमा ल्याएर औपचारिक रूपमा बिक्री वितरण सुरू गरेको थियो । आकर्षक डिजाइन र उच्च प्रविधियुक्त ईटी फाइभ हालसम्म नेपालमा उपलब्धमध्ये सबैभन्दा बढी रेन्ज दिने विद्युतीय एसयूभी भएको कम्पनीको भनाइ छ। जसकाे मूल्य कम्पनीले नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ ताेकेकाे थियाे ।

स्काइवेल ईटी फाइभमा भएको विशेषता र एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज पाइने भएकाले दर्जनौं गाडी ग्राहकको रोजाइमा पर्न सफल भयाे । त्यसपछि कम्पनी ईटी फाइभमा मात्रा सिमित रहेन । ग्राहकहरूले कम रेन्ज र कम मूल्य खोजेपछि कम्पनीले नाडा अटाे शाे २०२४ मा स्काइवेलको ई–११ ईभीको दुइवटा भेरिएन्ट सार्वजनिक गरेको छ । यो गाडी ४१० र ५२० किलोमिटर रेन्जका हुन्। कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री रहेको कम्पनीले जानकारी दिएको छ।

स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार रहेको छ भने ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार रहेको छ। नाडा अटो सोमा गाडी बुकिङ गरेमा १ लाखदेखि २ लाखसम्म छुट योजना रहेको कम्पनीले जानकारी दिएको छ। स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको ब्रान्ड हो। स्काइवेलको स्टलमा गाडीको फिचर्स बुझ्ने, टेस्ट ड्राइभ गर्न चाहनेहरूको विशेष उपस्थिति देखिएको छ ।