‘नाडा अटो शो’ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ


काठमाडौँ । नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न ब्रान्डका २७ सवारी साधन बुकिङ भएका छन् । सीजी मोटर्सको सहभागिता रहेको नाडा अटो शोमा विभिन्न ब्राण्ड गरी आठ वटा स्टल प्रदर्शनमा राखिएको छ ।

सीजी मोटर्सले नेपाली बजारमा नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको अवतार ११ को तीन वटा बुकिङ पहिलो दिनमा नै भएको छ । आगामी दिनहरूमा पनि राम्रो बुकिङ आउने कम्पनीको अनुमान छ ।

त्यसैगरी नाडामार्फत नै सार्वजनिक गरिएको रिडर आरडी ६ को पाँच वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल रहेको छ । योसँगै नाडामार्फत नै सार्वजनिक गरिएको एक्सीङको ६ वटा बुकिङ प्राप्त भएको छ।

नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको पनि ६ वटा बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ । नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स मोडलको पहिलो दिनमा सात वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल भएको छ ।