अरब लीगद्वारा उत्तरी वेस्ट बैंकमा इजरायली आक्रमणको निन्दा


अरब लिगका महासचिव अहमद अबोल–घितले बुधवार उत्तरी वेस्ट बैंकमा हालैको घातक इजरायली सैन्य कारबाहीको कडा निन्दा गरेका छन् ।

इजरायलले उत्तरी वेस्ट बैंकमा गरेको आक्रमण र हत्याहरू एवं त्यहाँको पूर्वाधार विनाशको संकेत भएको उनले बताए ।

इजरायलले प्यालेस्टिनीहरू विरुद्ध जताततै नरसंहार युद्ध लडिरहेको उनले उल्लेख गरे। अबोल–घितले संयुक्त राज्यले इजरायलमा अर्थपूर्ण दबाब दिन असफल भएको र इजरायली चालबाजीमा झुक्किएको आरोप लगाए ।

उनले संयुक्त राज्य अमेरिकालाई वेस्ट बैंकमा हालैका इजरायली सैन्य कारबाहीमा स्पष्ट अडान लिन र यस क्षेत्रमा बढ्दो इजरायली अहंकारलाई सम्बोधन गर्न आग्रह गरे ।

अक्टोबर ७, २०२३ मा प्यालेस्टिनी–इजरायली द्वन्द शुरु भएदेखि इजरायलले वेस्ट बैंकमा लगभग दैनिक आक्रमणहरू गरिरहेको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द शुरु भएदेखि नै वेस्ट बैंकमा इजरायली आक्रमणबाट ६६० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।