पाइलटहरुले हवाई सुरक्षाको नियम पालना नगर्दा धेरै दुर्घटना भयो : महानिर्देशक अधिकारी


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताएका छन् ।

बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गरे ।

नेपाली पाइलटहरुले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गर्दैै महानिर्देशक अधिकारीले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवि पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भिर हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘हवाई दुर्घटना वृद्धि हुँदा धेरै गुमाईसक्यौं । विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भयो । अनौठा खालका हवाई दुर्घटनाहरु नेपालमा भइदियो । अब पनि हवाई सुरक्षाका विषयमा नसोच्न र नगर्ने हो भने समयले धेरै पछाडि छोड्ने छ । नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोकिने र जंगलमा ठोक्किने गरेका छन् । नेपालको नागरिक उड्डयन प्राधिकरणको नियम छ । भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्ने नियम बनाएको छ । कित नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक खराब मौसमभित्र नजा भनेर पछाडि बस्नुप¥यो । होइन भने यो भन्दा बढी के गर्नुछ । तालिम छ । सुरक्षा विज्ञ पाइलटहरु छन् । तर स्टिल बादलमा छिर्नु हुन्छ । पाइलटहरुमा गोरर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ ।’

महानिर्देशक अधिकारीका धरै अग्रज पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको छ, यि दुर्घटना जहाजमा गम्भिर समस्या भएर भएका होइनन् ।

‘हवाई सञ्चालक सार्थीहरुलाई पनि माथि जान वा पैसा कमाउन किन हो हतार छ । शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर बिरुद्ध सर्वोच्च पुग्नुभयो । कति जना शेयरहोल्डर पाइलटहरु हेलिकप्टर दुर्घटना भएर मुत्यु भयो । यसको जिम्मा कसले लिन्छ । शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेर कतिजनाको मुत्यु भयो त्यसको जिम्मा कसले लिन्छ । यो कुरा सञ्चालकहरुले सोच्नुपर्छ । हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादल भित्र जहाज लैजानु हो । अन्य कुनै समस्या छैन । हवाई दुर्घटनाको समस्या ठाउँकोमा छ औषधि अन्य ठाउँमा लगाइरहेका छौं ।’ महानिर्देशक अधिकारीले भने ।

उनले लगानीकर्ताले हेलिकप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरु तयार हुन आवश्यक रहेको बताए।