माछापुच्छ्र्रे बैंकका ग्राहकहरुलाई बिगमार्टमा छुट


काठमाडौँ । माछापुच्छ्र्रे बैंक र (मेगा मार्ट प्राइभेट लिमिटेड) बिगमार्टबिच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको हो ।

देश भरि रहेका बिगमार्टका आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाइने बैंकले जनाएको छ।

यसैबिच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ ।