नाडा अटो शोको पाँच दिनमा स्काइवेलका ९९ गाडी बुकिङ


काठमाडौँ । नाडा अटो शो २०२४ को पाँच दिन स्काइवेलका ९९ विद्युतीय एसयूभी बुकिङ भएको छ।

मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा स्काइवेलले ९९ प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको कम्पनीले जनाएको छ ।

स्काइवेलको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स प्रालिका अनुसार ९९ वटा स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएका छन् ।

हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसहित सस्तो मूल्यमा कार उपलब्ध गराएको छ ।