काठमाडौँ । भदौँ ११ गतेदेखि सुरू भएको नाडा अटो शो २०२४ को चार दिनमा टाटाको पन्च इभी ३ सय २८ वटा बुकिङ भएको छ। नाडाको पहिलो दिनमै १ सयभन्दा बढी बुकिङ भएको थियो।
३३ लाख ९९ हजार रूपैयाँ सुरूवाती मूल्यमा यो गाडी नाडा अटाे शाेमा सार्वजनिक गरिएको थियाे । सिप्रदीले पन्च इभी तीन वटा भेरिएन्टमा नेपाली बजारमा प्रवेश गराएको हो।
जसमा पन्च इभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च इभी इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार र पन्च इभी इम्पावर्ड प्लस एसएलआरको ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीले नेपालका विभिन्न स्थानका अनरोड र अफरोडमा गरेको परिक्षणले एक पटकको चार्जमा ३०० किलोमिटरको रेन्ज दिने वास्तविक नतिजा निकालेको थियो ।
यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ।पन्च इभीमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प९ओभर एंगल्सलगायतका विशेषताहरू रहेका कम्पनीले जनाएको छ ।
यसका साथै यस गाडीमा ३५ किलोवाटको ब्याट्री छ भने कम्फर्टका लागि एयर प्युरिफाई, भेन्टिलेटेड सिट, भ्वाइस एसिस्टेन्ट इलेक्ट्रिक सनरुफ, रेन सेन्सिङ वाइपर्स राखिएको कम्पनीको भनाइ छ । साथै, नाडामा गाडी बुकिङ गर्ने ग्राहकहरूले एक वर्षसम्म सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङ सुविधा पाउने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्