नाडा अटो शोमा बीवाईडी: नयाँ एटो थ्री र सिलायन सेभेनमा उपभोक्ताकाे आकर्षण


काठमाडौँ । चिनियाँ ब्रान्ड बीवाईडीको नाडा अटो शोमा बलियो उपस्थिति रहेको छ। याे वर्षकाे नाडा अटो शो २०२४ मा बीवाईडीकाे एट्टो ३ को २०२४ भर्सन र बीवाईडी सिलायन ७ मुख्य आकर्षणको रूपमा रहेको पाइयाे।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक हो । पछिल्लो सयम विश्व बजारमा चर्चामा रहेको बीवाईडीले नेपालमा आक्रमक तरिकाले बजार विस्तार गरेको छ । कम्पनीले यो वर्षको नाडा अटो शोमा ई प्लेटफर्म ३.० इभो र यही प्लेटफर्म‌मा बनेको सिलायन सेभेन नाडामा प्रदर्शनीमा राखेको छ।

सो प्लेटफर्म आधुनिक प्रविधियुक्त र उच्च कार्यदक्षतामा आधारित छ। यो प्लेटफर्मको मूख्य विशेषताका रूपमा यसको इलेक्ट्रिक पावरट्रेनको इफिसियन्सीलाई लिने गरिन्छ । जहाँ मोटर, मोटर कन्ट्रोलर, रिड्युसर, अनबोर्ड चार्जर, डीसी कन्भर्टर, हाइ–भोल्टेज डिस्ट्रिब्युसन बक्स, भेइकल कन्ट्रोलर र ब्याट्री म्यानेजमेन्ट सिस्टम जस्ता ८ वटा मुख्य कम्पोनेन्टलाई एकाकार गरिएको हुन्छ ।

जसले गर्दा नाडा अटो शोमा आउने सबैजसो अवलोकनकर्ताको ध्यान ई प्लेटफर्मले खिचिरहेको छ । त्यतिमात्रा नभएर सोही प्लेटफर्ममा बनेको र पहिले पटक नेपाली बजारमा आएकाले सिलायन सेभेन अवलोकनकर्ताको मुख्य आर्कषण बन्न पुगेको छ ।

सिलायनको इन्टेरियरमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५।६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् । साथै यसमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।

त्यसैगरी भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ ।सिलायन ७ दुई ब्याट्री अप्सन ७१।८ र ८०।६४ किलोवाट आवरमा उपलब्ध छ । चीनमा सिलायन सेभेन स्ट्यान्डर्डले एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।

त्यस्तै यो वर्षाको मेलामा आम ग्राहकको मन जित्न सफल अर्को ब्राण्ड हो एट्टो ३ को २०२४ भर्सन । आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको सो बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएका छन् । नयाँ एक्सटेरियर र इन्टेरियर, इन्फोटेनमेन्ट सिस्टम र बीवाईडी एप जस्ता महत्वपूर्ण फिचर भएको यो गाडी आफैमा चर्चित छ ।

नेपाली बजारमा बीवाईडी एटो थ्री पहिलो पटक २०७९ माघमा सार्वजनिक भएको थियो। सार्वजनिक भएयता हालसम्म यो गाडी नेपालमा २५ सय वटाभन्दा बिक्री भइसकेको साइमेक्स इंकले जनाएको छ।

कम्पनीका अनुसार यो गाडी एडभान्स्ड र सुपेरियर गरी दुई भेरियन्टमा उपलब्ध छ। बीवाईडी एटो थ्री २०२४ को एडभान्स्ड भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै एटो थ्री सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

यसअघि आएको एटो थ्रीमा १२.८ इन्चको स्क्रिन थियो भने २०२४ मोडलको एटो थ्रीमा १५.१६ इन्चको स्क्रिन उपलब्ध रहेको छ। कम्पनीका अनुसार यो गाडी सर्फ ब्लु, कस्मस ब्ल्याक, बोउल्डर ग्रे र स्कि ह्वाइट गरी चार कलर अप्सनमा बिक्रीका लागि उपलब्ध छ।

एटो थ्रीको सुपरेरियर भर्सनमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री छ। १ सय किलोवाट पिक पावर भएको मोटर जडान गरिएको यो गाडीले ३ सय १० एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै एक पटकको चार्जमा एटो थ्रीको सुपेरियर भर्सनले ४ सय २० किलोमिटर रेन्ज दिन्छ। यो रेन्ज डब्लूएलटीपी प्रमाणित रहेको कम्पनीको भनाइ छ।

त्यस्तै बीवाईडीले नयाँ भर्सनको एटो थ्रीमा टेल ब्याज पनि अपडेट गरेको छ। अहिलेको भर्सनको टेल ब्याजमा बीवाईडी लेखिएको छ। यसअघि बिउल्य योर डिङम्स लेखिएको थियो। यसको इन्टेरियरमा डार्क ब्लू र ब्ल्याकको मिश्रण पाउन सकिन्छ। कम्पनीका अनुसार यसलाई मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ ।

बीवाईडी एटो थ्रीको एडभान्स्ड भर्सनमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा पनि सुपेरियर भर्सन जस्तै १ सय किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसले पनि अधिकतम ३ सय १० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।

४९.९२ किलोवाट आवरको ब्याट्री प्याक भएकाले यसको रेन्ज एक पटकको फुल चार्जमा ३ सय ४५ किलोमिटर रहेको कम्पनीको भनाइ छ। मेला आज (भदाै १६ गते) सम्म चल्दैछ।