भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो


काठमाडाैँ । भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४\२५ को पहिलो त्रैमासिक (अप्रिलदेखि जुन) मा ६.७ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो अघिल्लो त्रैमासिक (जनवरीदेखि मार्च) को तुलनामा गिरावट हो । जसले ७.८ प्रतिशतको वृद्धि दर रेकर्ड गरेको छ ।

अप्रिल–जुन त्रैमासिकमा वृद्धिमा आएको सुस्ततालाई कृषि क्षेत्रको कमजोर प्रदर्शनका कारण पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिमा वृद्धि भएको मानिएको छ ।