स्वास्थ्य कुटनीतिका लागि मलाई राजदुतमा सिफारिस गरियोः जर्मनका लागि प्रश्तावित राजदुत रुपाखेती


काठमाडाैँ । जर्मनका लागि प्रश्तावित राजदुत डा. शैल रुपाखेतीले सरकारले स्वास्थ्य कुटनीतिलाई जोड दिएको बताएका छन् ।

चिकित्सक समेत रहेका उनले सरकारले कोभिड १९ पछि स्वास्थ्य कुटनीतिलाई महत्व दिएकाले आफूलाई पनि राजदुतको रुपमा सिफारिस गरेको हुनसक्ने दाबी समेत गरे ।

आइतबार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रश्तावित राजदुत रुपाखेतीले संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कुटनीतिलाई महत्वपूर्ण कुटनीतिको रुपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराए ।

प्रश्तावित राजदुत रुपाखेतीले नेपालमा विदेशी पर्यटक बढाउनका लागि हवाई सुरक्षामा आश्वस्त बनाउनका लागि आफूले कुटनीतिक प्रयासमा बढावा दिने योजना पनि सुनाए । 

प्रस्तावित राजदुत रुपाखेतीले जर्मनले नेपाललाई आत्मीय मित्रको रुपमा व्यवहार गर्ने गरेको आफूले पाएकाले यहाँको विकासमा लागि थप सहयोग जुटाउन पनि आफू सफल हुने विश्वास व्यक्त गरे ।