नाडा अटाे शाे २०२४ सम्पन्रः सीजी मोटर्सकाे रिडारले पायाे चार पांग्रेमा उत्कृष्ट स्टल अवार्ड


काठमाडौँ । गत भदौ ११ देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो सम्पन्न भएको छ । १६ आाैं संस्करणको मेला ६ दिनसम्म चलेको थियो ।

नाडा अटो सोमा चारपांग्रेमा उत्कृष्ट स्टल अवार्ड सीजी मोटर्स प्रालिको रिडारले पाएको छ। त्यसैगरी दुईपांग्रेमा उत्कृष्ट स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले, कमर्सियलमा एमएडब्लु वृद्धिको सेकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको छ । साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहेका छन् भने मेलामा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता छन् ।

यसपटकको नाडा अटो सोमा ८० हजार बढी दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ।