नाडा अटो शो २०२४ मा स्काइवेलका १२६ वटा विद्युतीय कार बुकिङ


काठमाडौँ । नाडा अटो शो २०२४ को अन्तिम दिनसम्म स्काइवेलका १२६ विद्युतीय एसयूभी बुकिङ भएको छ। नेपालमै सबैभन्दा लामो रेन्ज दिने विद्युतीय गाडी भित्र्याएको ‘स्काइवेल’ ले नाडा अटो शो २०२४ मा आक्रामक बुकिङ गर्न सफल भएको हो ।

शोमा स्काइवेलले १ सय २६ युनिट बुकिङ गरेको हो । कम्पनीका अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो ।

स्काइवेलले ल्याएका नयाँ गाडीमा ५ सय २० किलोमिटर रेन्ज भएको ७१.९८ किलोवाट आवर र ४ सय १० का लागि ५१.९२ किलोवाट आवरको ब्याट्री अप्सन छ ।

स्काइवेल ईभीको नयाँ भर्सनका दुवै गाडीको मूल्यमा शोभरि छुट दिइएको थियो । जी मोटर्सका अनुसार ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीवालाको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहे पनि नाडा अटो शोमा ४ सय १० किलोमिटर रेन्जको बीई ११ को ७५ लाख ९० हजार, ५ सय २० किलोमिटर रेन्जको बीई ११ को ८५ लाख ९० हजार थियो ।

दुवै प्रकारका गाडीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान भएको छ । एकपटक चार्ज गर्दा नेपालमा सबैभन्दा धेरै ६ सय २० किलोमिटर रेन्ज दिने ‘स्काइवेल ई–टी ५’ गाडी सन् २०२३ को नाडा अटो शोमा जी मोटर्सले ल्याएको थियो ।

सिंगल चार्जमा ६ सय २० किलोमिटर दुरी तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याक सहित अघिल्लो नाडा अटो शोमा स्काइवेल नेपालमा सार्वजनिक भएको थियो । ८६ किलोवाट आवरको ब्याट्री प्याक ९लिथियम टर्नोटरी० हुने स्काइवेलको आफ्नै उत्पादन हो ।

हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसहित सस्तो मूल्यमा कार उपलब्ध गराएको छ ।