साउन महिनामा निर्जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय ४ अर्बमाथि, कुनले कति गरे ?


काठमाडौँ । चालु आर्थिक बर्ष २०८१\०८२ को पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहरूले ४ अर्ब २६ करोड रुपैँया कुल बिमाशुल्क आर्जन गरेको छन्।

संचालनमा रहेका १४ वटा निर्जीवन बिमकले २ लाख २१ हजार ७१ वटा बिमा पोलिसी बिक्री गरी ४ अर्ब २६ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् । सो अवधिसम्म सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बिमाशुल्क आर्जन गरेको छ। कम्पनीले ६३ करोड १५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।

त्यसैगरि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ३६ करोड ८८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३२ करोड ६० लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ८८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । साेही अवधिमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३० करोड ६२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेकाे बिमा प्राधिकरणले सार्वजनिक गरेकाे तंथ्याङ्कले देखाएकाे छ ।

ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यसैगरि राष्ट्रिय बिमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।

यता, एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ९८लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको प्राधिकरणको तंथ्याकले देखाएको छ ।