स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा


काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ । यदि कुनै संस्थापक सेयरधनीहरु संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

यदि निर्धारित समयभित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका आवेदन खुलाइने छ ।

उक्त सेयर बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।