अगस्ट महिनामा भित्रिए ७३ हजार विदेशी पर्यटक


काठमाडाैँ । चालु आर्थिक वर्षको अगस्ट महिनामा ७३ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । आवको जुलाई महिनामाभन्दा अगस्ट महिनामा विदेशी पर्यटकको संख्यामा उल्लेख्य मात्रामा पर्यटकको संख्या वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार चालू आर्थिक वर्षको अगस्ट महिनामा नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

बोर्डका अनुसार गत एक महिनामा विभिन्न मुलुकबाट करिब ७३ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ६७ हजार १५३ पर्यटक नेपाल भित्रिएका थिए ।

समीक्षा अवधिमा भारतबाट सबैभन्दा बढि पर्यटक नेपाल आएका छन् । एक महिनामा भारतबाट २६ हजारको हराहारीमा पर्यटक नेपाल आएका छन् । त्यस्तै चीनबाट ६ हजार ६१४, यूएसएबाट ५ हजार ६१४ पर्यटक नेपाल आएका छन् ।

चालू आवको जुलाई महिनामा भने ६४ हजार ५९९ पर्यटक नेपाल आएका थिए ।