ग्लोबल आइएमई बैंकको ‘ग्लोबल जुनियर’ एप सार्वजनिक


काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘ग्लोवल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो ।

बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंककाअनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको बैंकले जनाएको छ ।

साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न एपले महत्तवपूर्ण भुमिका निर्वाह गर्ने बैंकको दाबी छ । ग्लोवल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताए। भौतिक कारोबार कम गर्न पनि एपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

परिवारले नै ह्यान्डल गर्नसक्ने गरी बालबालिकालहरूले भविष्यमा सहज रूपमा कारोबार गर्न सक्ने र बिना सिम एप चलाउन सकिने बताए।