कृषिमन्त्रीसँग एडीबीका देशीय निर्देशकको शिष्टाचार भेट


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र एशियाली विकास बैंक (एडिवी) का देशीय निर्देशक आर्नौड काउचोइस सोमवार मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटवार्तामा मन्त्री अधिकारीले एडिवीको सहयोगमा संचालन भएका आयोजनाले नेपालको कृषि क्षेत्र, तथा ग्रामीण अर्थतन्त्रको विकास उल्लेख योगदान पु¥याएको भन्दै संचालित आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुदै पनि केही समस्याहरू पनि रहेकाले यी समस्याहरूलाइ आफुले गम्भीर रूपमा लिएको उल्लेख गरे ।

मन्त्री अधिकारीले भने,”आगामी दिनमा सञ्चालन हुने आयोजनामा क्रमशः समस्या सुधार गर्न मेरो चासो रहने छ ।” सरकारले चालु आर्थिक वर्ष २०८१र०८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उनले बताए।

उत्पादनदेखि बजारीकरणसम्म कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एसियाली विकास बैंकबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा रहेको उनले बताए ।

बैकका देशीय निर्देशक काउचोइसले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिदै थप परियोजनका सम्भावना खोज्न तयार रहेको बताए ।