पर्यटन विभागको महानिर्देशकमा रेग्मी नियुक्त


काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा सहसचिव नारायणप्रसाद रेग्मीले नियुक्त भएका छन् ।

रेग्मी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विभागको महानिर्देशकमा नियुक्त भएका हुन् । यसअघि महानिर्देशक रुद्रप्रसाद पण्डितको राष्ट्रिय योजना आयोगमा सरुवा भएपछि मन्त्रालयले रिक्त स्थानमा रेग्मीलाई पठाएको हो ।

महानिर्देशक रेग्मी विगतमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका मन्त्रालयमा काम गरिसकेका सहसचिव हुन् ।