काठमाडाैँ । कतारका लागि प्रश्तावित राजदुत रमेशचन्द्र पौडेलले नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्ने बताएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्ततु गर्दै उनले कतारसँगको सम्बन्ध थप बिस्तार गर्दै कतारमा रहेका नेपालीहरुका समस्या समाधानका लागि पहल गर्ने बताए ।
उनले कतारमा रहेका नेपाली श्रमीकहरुका समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने र उनीहरुले पाउनुपर्ने सुविधानको व्यवस्थापन गर्ने उल्लेख गरे ।
प्रश्तावित राजदुत पौडेलले सरकारको निर्देशन र त्यहाँको परिस्थितिअनुसार कार्यक्रमहरु अघि बढाउने बताए।
प्रतिक्रिया दिनुहोस्