भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी सुरू भयोः परराष्ट्रमन्त्री देउवा


काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरू गरेकाे परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।

हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता भएकी परराष्ट्रमन्त्री राणा देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएकाे नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र भारतीय प्रधानमन्त्री मोदीलाई दिएको र उनले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको बताएकी हुन् ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाएकाे नियन्त्रणालाई भारतीय समकक्षी मोदीले सहर्ष स्वीकार गर्दै समय तालिकासहितको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको जानकारी दिइन् ।

परराष्ट्रमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबिचको आपसी सम्बन्धलाई अझै उचाईमा पु¥याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन् ।

परराष्ट्रमन्त्री देउवाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबिचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताइन् ।