एससिटीले ल्यायो “तिर्की दाउ: ट्रायल अफर” ७७७ रूपैयाँसम्म क्यासब्याक


काठमाडौँ । नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले “तिर्की दाउः ट्रायल अफर ” सार्वजनिक गरेको छ ।

यस, अफर अन्तर्गत एससिटी-युपिआइ डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पिअाेएस मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएकाे छ । हालसम्म एससिटी-युपिआइ डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससिटीसँग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्ने उल्लेख गरिएकाे छ ।

कम्पनीका अनुसार ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससिटी-युपिआइ डेबिट कार्ड प्रयोग गरेमा १११ रूपैयाँको क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा ७७७ रूपैयाँ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुने कम्पनीले जनाएकाे छ ।

साथै, भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरु एससिटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुने कम्पनीले जनाएकाे छ ।