बाली बिमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकार


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकामन्त्री रामनाथ अधिकारीले बाली बिमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन्।

मन्त्रालयमा मंगलवार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उनले बाली बिमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले बताएका हुन् । उनले अनुदानको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमाथि लाग्दै आएको आरोप मेटाउन अब पालिका तह, प्रदेश तहसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र अनुदानको व्यवस्थापन गर्ने सोच मन्त्रालयले बनाएको बताए ।

उनले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरे । लगानी दशकमा के—के काम गर्ने, १० वर्षमा केके काम गर्ने उद्देश्य बोकेको छ ? भन्नेबारेको योजना चाँडै सार्वजनिक गर्ने पनि बताए । उनले प्रदेश र स्थानीय तहसँगै जान नसके लगानी दशक सफलतातिर लैजान नसकिने उल्लेख गरे ।

“कृषि मन्त्रालयसँग लाग्दै आएको आरोप अनुदानका विषयमा छ । यो अनुदानको विषयमा पालिका तह, प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर अनुदानको व्यवस्थापन गर्दा ठिक होला की ? यो सोच अघि बढाएका छौँ । लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी छ । लगानी दशक केके काम गर्ने हो त ? त्यो १० वर्षमा केके काम गर्ने उद्देश्य बोकेको छ, चाँडै त्यो सार्वजनिक हुँदैछ । प्रदेश र स्थानीय तहसँगै जान नसके हामीले लगानी दशक सफलतातिर लैजान सक्दैनौँ,”उनले भने ।

मन्त्री अधिकारीले निर्देशिका संशोधन गर्न नसके रासयनिक मलको अभाव र आलोचना सधैँ भइरहने बताए। नागरिकताको प्रतिलिपि नलगी १० किलो मल नपाइने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न मन्त्रालय लागिरहेको बताए ।