प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा


काठमाडौँ। अटोमोबाइल वितरक पायोनियर मोटो कर्पले प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले जिकर ब्रान्ड सार्वजनिक गरेको हो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओको उपस्थिति थियो ।

यस्तै, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा, र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छालगायत कार्यक्रममा सहभागी थिए ।

कम्पनीले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट प्रदर्शनमा राखेको थियो ।जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने नेपाली उपभोक्ताका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । यो चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडी ब्रान्ड हो ।