नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त


काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् । बैंकको भदौ १९ गते बसेको ५१८ औँ सञ्चालक समितिको बैठकले दे लाई बैंकको सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

भदौ ३१ गतेबाट ४ वर्षे कार्यकाल समाप्त हुन लागेको दे लाई सञ्चालक समितिको बैठकले उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।