साउनमा लघु जीवन बिमा कम्पनीको व्यापार तीन करोडमाथि, कुनको कति ?

२ लाख ४१ हजार ९९७ वटा बिमा पोलिसी बिक्री गरेर उक्त रकमको व्यापार


काठमाडौं । चालु आर्थिक वर्ष २०८१\०८२ को साउनमा सञ्चालनमा रहेका तीन वटा लघु जीवन बिमा कम्पनीहरूले ३ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बिमा प्राधिकरणकाे तथ्याङ्क अनुसार कम्पनीहरूले २ लाख ४१ हजार ९९७ वटा बिमा पोलिसी बिक्री गरेर उक्त रकमको व्यापार गरेका हुन् ।

जसमा सबैभन्दा बढी व्यापार गार्डियन माइक्रो लाइफले गरेको छ । कम्पनीले २ लाख २७ हजार ४६१ बिमा पोलिसी बिक्री गरी १ करोड ८८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

यसैगरी क्रेष्ट माइक्रो लाइफले ६ हजार ८९३ वटा बिमालेख जारी गर्दै १ करोड २९ लाख ८४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गर्दा लिबर्टी माइक्रो लाइफले भने ७ हजार ६४३ वटा बिमालेख बिक्री गर्दै ५१ लाख ७७ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।