खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशकको जिम्मेवारी कर्णलाई

महानिर्देशकको जिम्मेवारीमा रहेकी डा.वैद्य मन्त्रालय तानिइन्


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी संजीव कुमार कर्णे पाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्णय गर्दै कर्णलाई महानिर्देशको जिम्मेवारी दिएको हो ।

कर्णलाई महानिर्देशकको जिम्मेवारी दिइएसँगै महानिर्देशकको जिम्मेवारीमा रहेकी डा.मतिना जोशी वैद्यलाई मन्त्रालय सरुवा गरिएको कृषि तथा पशुपन्छी मन्त्रायलले जनाएको छ ।

कर्ण मोबाइल भ्यान खरिदमा अख्तियार बाट मुद्दा खेपेर सफाइ पाएका हुन्। सफाइ पाएपछि मन्त्रालयमा पुनः काम सुरू गरेका उनी विभागमा जान लबिङ्मा थिए।

आफैँले खरिद गरेर अलपत्र अवस्थामा रहेको मोबाइल भ्यान चलाउने जिम्मेवारीसहित कर्ण विभाग गएका हुन्। धेरै पटक मिडियामा समाचारको विषय बनेको मोबाइल भ्यान चलाउन उनले गर्ने गतिविधि मिडियाको चासोको बिषय रहने देखिन्छ।