बिहीबार नेप्सेमा १२ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयरबजार १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेकाे छ भने बाँकी ११ ओटा उपसमुहहरु घटेका छन् ।

बिहीवार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड१४ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३१६ कम्पनीको२ करोड १५ लाख ३९ हजार ९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ लाख १५ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।