कुमारी बैंकको ‘तीजको शुभकामना’, रकम भुक्तानी गर्दा क्यासब्याक


काठमाडौँ । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको शुभकामना स्वरुप क्यास ब्याक योजना ल्याएको छ ।

बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यो योजना ल्याएको जनाएको छ ।

यहि भदौ २० गतेदेखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रुपैयाँको क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।