साउनमा जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय १८ अर्बमाथि, कुनले कति गरे ?

सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को साउन महिनामा जीवन बिमा कम्पनीहरूले १८ अर्ब बढीको बिमाशुल्क संकलन गरेका छन् । संचालनमा रहेका १४ वटा जीवन बिमकले ३ लाख २२ हजार ७८६ वटा बिमा पोलिसी बिक्री गरी कुल १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

सो अवधिसम्म सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा नेशनल लाइफले रहेको छ । कम्पनीले २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा एलआइसी नेपालले २ अर्ब ७ करोड ८० लाख रुपैँया कुल बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै हिमालयन लाइफले १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको गर्दा एशियन लाइफले ९२ करोड ७३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । सोही अवधिमा सिटिजन लाइफले ७६ करोड ४१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने सानिमा रिलायन्स लाइफले ६७ करोड ५९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

प्रभु महालक्ष्मी लाइफले ५८ करोड ७४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा आइएमई लाइफले ५४ करोड २७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । यता मेट लाइफले ५० करोड ५५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा रिलायबल नेपाल लाइफले ४९ करोड ९७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी राष्ट्रिय जीवन बिमा कम्पनीले ४६ करोड ८८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ४४ करोड ८७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।