एभरेष्ट बैंकले गर्‍यो लाभांश घोषणा


काठमाडौँ। एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले लाभांश पाउनेछन् ।