गृह सचिवमा गोकर्णमणि दुवाडी नियुक्त


काठमाडौँ । सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि गृह सचिवको जिम्मेवारीमा एकनारायण अर्याल रहेका थिए । उनी मुख्य सचिवमा नियुक्त भएसँगै गृह सचिव पद रिक्त थियो । दुवाडीले यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव भएर काम गरिसकेका छन् ।

अहिले उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको जिम्मेवारीमा थिए ।