१ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ। नेपाल राष्ट्र बैंकले २१ दिनको लागि १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएपछि बोलकबोल गरेर निक्षेप तान्न लागेको हो ।

भदौ ३ गते आज निक्षेप संकलन गर्न लागेको राष्ट्र बैंकले आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुने छ ।

राष्ट्र बैंकले यसको साँवा ब्याज भुक्तानी असोज १३ गते गर्ने छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।