नेपाल किसान महासंघको छैटौं बैठक तथा सम्मान कार्यक्रम सम्पन्न


काठमाडौँ । नेपाल किसान महासंघको छैटौं बैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा महासंघको बैंठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

बैठकमा देशको समग्र कृषि क्षेत्रको बारेमा छलफल भएको छ । महासंघको सातै प्रदेशका अध्यक्षले किसान र कृषिको सम्भावना र चुनौतीका विषयमा ‌धारणा राखेका थिए ।

किसान महासंघका केन्द्रिय सदस्य रमेश बहादुर रावलले नेपालको कृषि विकाको लागि कृषसँग सम्बन्धित कानुनमा व्यापक परिवर्तन गर्नुपर्ने, कृषि अनुदानमुखी भन्दा पुर्वाधारमुखी हुनु पर्ने, कृषि सेवा केन्द्र वडा तहमा स्थापना गरी किसानलाई तत्काल सेवा उपलब्ध गराउन सक्ने जनशक्ति व्यवस्थापन गर्ने, मल बीउ, बजार, ईन्धन आदि उपलब्ध गराउन सरकार अगाडी बढाउनु पर्ने बताए ।

शीत गृह, यातायात, सिंचाइ, उन्नत नश्लको व्यवस्थापन सरकारले गर्नुपर्ने उनले उल्लेख गरे ।