काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना हुने बताएका छन् ।
संखुवासभामा आयोजित एक कार्यक्रममा उनले गत मन्त्रीपरिषद्को बैठकले संखुवासभाको खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको बताए ।
क्रान्तिकारी महिला विदुषीहरुको नामबाट विश्वविद्यालय स्थापना हुँदा संखुवासभा जिल्लावासी सबैले खुशी महशुस गरेको अनुभुति आफूले पाएको उनकाे भनाइ छ ।
उनले विद्युत महशुस तिर्न जनताहरुले नपाएर पेनाल्टी तिर्नुपर्ने अवस्थाको छिटै अन्त्य गर्ने बताए । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्ने उनले प्रतिवद्धता जनाए ।
मन्त्री खड्काले संखुवासभा पर्यटनको लागि पनि उच्च सम्भावना भएको जिल्ला रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्