लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त


काठमाडौँ । लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले सिइओ पदमा आवेदन खुल्ला गरेको थियो । बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए ।

त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन् । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिइओ थिए।

लगानी बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् ।