सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछः भूमि मन्त्री अधिकारी


काठमाडाैँ । भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताएका छन् ।

सोमवार एशिया किसान संगठनको कार्यक्रममा मन्त्री अधिकारीले सरकारले  नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त, अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताए ।

उनले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराए उनीहरुलाई कृषि व्यवसयमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको उल्लेख गरे ।

सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्य रहेको उनकाे भनाइ छ । त्यसको लागि मन्त्रालयले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने उनले बताएका हुन् ।

उनले नेपालमा रहेका भूमिहिन किसानलाई बासको ग्यारेन्टी गर्ने गरी काम गरिरहेको बताए । उनले काम गर्दा नमिलनेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको उल्लेख गरे ।    

दक्षिण एशियामा कृषि क्षेत्रमा फरक–फरक प्रणाली रहेको उनकाे भनाइ छ । विश्वमा पछिल्लो समय खाद्यको मूख्य चुनौती बन्दै गएको उनले बताए । खाद्य व्यवस्था स्वस्छ नहुँदा स्वास्थमा समेत समस्या आउँदै गएको उनले उल्लेख गरे ।