सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश


काठमाडाैँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गरेका हुन् ।

विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सो को छानविन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो ।

प्रतिवेदन प्रश्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानविन गरेको उनले बताए । उनले छानविन समितिमा रहेका पाँच पार्टीहरु एकैतिर फर्किएर छानविन गरिएको उल्लेख गरे ।

समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरुसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको उनले जानकारी दिए । सहकारी ठगिको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक तथा कर्मचारी समेत ३ जना र नियामक निकायका ५ जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरेका गरिएको उहाँले जानकारी दिए ।

प्रतिवेदन सभामा पेश भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए । 

उनले भने,”सभामा प्रश्तुत सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु ।”