कुमारी बैंकको २४ लाख बढि कित्ता सेयर लिलामीमा


काठमाडौं । कुमारी बैंक लिमिटेडले २४ लाख कित्ता बढि संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन पेश गर्ने अन्तिम मिति असोज १६ गते रहेको छ ।