बुधबार नेप्से परिसूचक ४ अंकले घट्यो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ ।
कम्पनीको २० करोड ५८ लाख ८ हजार ५ सय ८४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७ प्रतिशतले घटेको छ ।

कुल ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।