बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्नः गणेशप्रसाद तिमिल्सिना


काठमाडाैँ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले चीनसँग सम्झौता गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्न ढिलाई गर्न नहुने बताएका छन् ।

काठमाडौँमा बीआरआई परियोजना कार्यान्वयनसम्बन्धि दुई मुलुकका अधिकारीहरूबिचको छलफल कार्यक्रममा बोल्दै (बीआरआई) परियोजना कार्यान्वयनको आवश्यकता औंल्याएका हुन् । पूर्वअध्यक्ष तिमिल्सिनाले सो परियोजनाबाट नेपालले लाभ लिनेमा शंका नगर्न आग्रह समेत गरे । उनले सो परियोजनाबारे जनतामा विद्यमान भ्रमलाई चीर्नका लागि त्यसबाट नेपालले पाउने लाभबारे जनस्तरमा नै व्यापक छलफल चलाउनुपर्ने जरुरी रहेको बताए ।

बीआरआई परियोजनाका कारण श्रीलंकामा समस्या आएको भन्ने कुरा सत्य नभएको पनि पूर्वअध्यक्ष तिमिल्सिनाले स्पष्ट पारे । उनले नेपालले भारत, चीन वा कुनैपनि तेस्रो मुलुकबाट जनताको हित हुनेगरी लाभ लिने कुरामा पछि पर्न नहुने बताए ।

पूर्वअध्यक्ष तिमिल्सिनाले पर्यटकहरुलाई नेपालमा प्रशस्त मात्रामा भित्र्याउनका लागि सरकारले सोही अनुसारको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।