गरिमा क्यापिटलको ‘बम्पर दशैं तिहार अफर’


काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गरी “बम्पर दशैं तिहार अफर” ल्याएको छ ।

यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकहरुले स्मार्ट वाच जित्न सक्ने उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार यसको लागि २०८१ असोज १ गते देखि २०८१ कात्र्तिक ३० गतेसम्म गरिमा क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।

यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत घरमै बसी खाता खोल्न सकिने जनाइएको छ ।