शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य तोतामा १ हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।