एनएमबि म्युचुअल फन्डअन्तर्गत दुई स्किमको लाभांश घोषणा


काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई वटा अलग अलग योजनाले लाभांश घोषणा गरेका छन् । फण्ड सञ्चालक एनएमबि क्यापिटलको सञ्चालक समितिको गत असोज २ गते बसेको बैठकले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड(२ को आर्थिक वर्ष २०८०र८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो।

एनएमबि फिफ्टीले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड(२ ले १० प्रतिशत प्रतिशत नगद लाभांश इकाईधनीहरुले पाउने छन् ।लाभांश प्रयोजनका लागि दुवै योजनाले आगामी असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।