सिटिजन्स बैंकका ग्राहकहरुलाई मिराज बेकरीमा छुट


काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मिराज बेकरीबिच सम्झौता भएको छ । काठमाडौँको बौद्धमा रहेको मिराज बेकरीमा बैंकका ग्राहकहरूले १५ प्रतिशतसम्मको छुट पाउने सम्बन्धमा सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकका अनुसार डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।