कुमारी बैंक दुई विधामा सम्मानित


काठमाडौँ। कुमारी बैंक दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेसनलले कुमारी बैंकलाई “एक्सलेन्स इन कस्टमर क्रेडिट कार्डस् बिजनेस” र “एक्सलेन्स इन क्रस (बोर्डर बिजनेस ” अवार्डले सम्मानित गरिएको हो । भिसा इन्टरनेसनल “लिडरसिप कन्क्लेभ नेपाल २०२४” सम्मेलनमा असोज ४ गते बैंकलाई सम्मान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।